काठमाडौँको होटलमा महिला मृत भेटिइन, सँगै बसेका पुरुष फरार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँको एक होटलमा शनिबार अपरान्ह एक महिलाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलमा ती महिला मृत फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ४५–५० वर्षीय महिला मृत फेला परेकी हुन् । अहिलेसम्म उनको पहिचान नखुलेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अुनसार ती महिला अर्कै एक पुरुषसँगै कोठामा बसेकी थिइन् । ती पुरुष भने घटनापछि त्यहाँ भेटिएका छैनन् । महिलाको निधनपछि पुरुष फरार रहेको र उनको पहिचान भने पत्ता लागिसकेको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकहो जिल्ला प्रहरी कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: