कतार एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – लगातार दोस्रो जित हासिल गर्दै कतार एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ।

बुधबार राति घरेलु भूमिमा भएको प्रतिस्पर्धामा १० खेलाडीमा सीमित ताजिकिस्तानलाई १–० ले हराउँदै कतार लगातार २ खेलमा विजय प्राप्त गरेको हो। अक्रम अफिफले १७औँ मिनेटमा गरेको गोल नै कतारको जितका लागि निर्णायक बन्यो।

- Advertisement -
Ad image

यस्तै बुधबार नै भएको सोही समूहको‌ पहिलो खेलमा चीन र लेबनानले गोलरहित बराबरी खेले। दुई चरणको खेलपछि समूह एमा कतारले ६ अंक पाएको छ। चीनको २ अंक तथा ताजिकिस्तान र लेबनानका समान १/१ अंक छन्।

यसैबीच एसियन कपअन्तर्गत बिहीबार (आज) ३ खेल हुँदै छन्। साँझ ५ः१५ बजे समूह बीमा रहेका सिरिया र अस्ट्रेलिया भिड्ने छन्। सोही समूहका भारत र उज्वेकिस्तानबीच राति ८ः१५ बजे प्रतिस्पर्धा हुनेछ।

यस्तै राति ११ः१५ बजे समूह सीअन्तर्गत प्यालेस्टाइन र यूएई भिड्दै छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्