नेपालमा ७ जनामा कोरोनाको नयाँ भेरियन्ट जेएन १ पुष्टि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ पुष २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन.१ पुष्टि भएको जानकारी दिएको हो ।

देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । उनका अनुसार ती नमूनाहरू आईतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

- Advertisement -
Ad image

यससँगै सरकारले संक्रमण रोकथामका लागि सीमा नाकाहरूमा कडाइ गर्न निर्देशन दिएको छ । मन्त्रालयलले प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयमार्फत् आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न र स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्