राष्ट्रिय सभामा ४ सिटको दाबीसहित देउवासँग वारपार मिटिङमा शेखर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा १० सिट दिएको छ । आसन्न राष्ट्रिय सभा निर्वाचनमा १९ सिटका लागि निर्वाचन हुँदैछ ।

कांग्रेसको शेखर–गगन पक्षले आफूहरुलाई पार्टीले ४ सिट दिनुपर्ने बताएको छ । आज (आइतबार) इत्तर पक्षीय नेताहरुको छलफलले ४ सिटमा दाबी गर्नुपर्ने निश्कर्ष निकालेको हो । आफूहरुबाट प्रस्तावित व्यक्तिहरुलाई पनि समेटेर उम्मेदवार चयन नगरे फरक मत राख्ने इत्तर समूहको तयारी छ ।

- Advertisement -
Ad image

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भोलिका लागि तोकिएको छ । यस उम्मेदवार चयनका लागि शेखर–गगन समूहले सभापति शेरबहादुर देउवासँग निर्णायक मिटिङ गर्ने तयारी गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्