सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि परिचरसम्म २८८ जनाका लागि जागिर खुल्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा २८८ जना भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

सशस्त्र प्रहरीले बलले आज जारी गरेको सूचनाअनुसार ९९ इन्स्पेक्टर, ९८ असई, ६५ भान्से, १० कुचीकार, ४ सुचीकार, ४ केशकर्तक, ५ चर्मकर्मी र तीन जना परिचर आवश्यक परेको हो।

- Advertisement -
Ad image

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी माघ १० गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ। उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने जनाइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्