दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोड बढीको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेप्से परिसूचक आज बिहीबार दोहोरो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार साप्ताहिक कारोबारको अन्तिम दिन नेप्से ११.७३ अंकले बढेर १ हजार ८५२ दशमलव ७७ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीकोे शेयर मूल्य घटेको छ ।

- Advertisement -
Ad image

८ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । नेप्सेका अनुसार ४ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र नबिल ब्यालेन्स फण्ड–२ को शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

ग्लोबल लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.८१ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्यारेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयरको भएको छ । आज बिहीबार बैंकको ८ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्