नेप्से परिसूचकमा सामान्य सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव ३३ अंकले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो।

आज ३७ लाख ५५ हजार एक सय २४ कित्ता शेयर खरिदबिक्रीबाट रु एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ बराबरको कारोबार भएको छ ।

- Advertisement -
Ad imageAd image

आजको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक दशमलव २१ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ७० प्रतिशतले घटेको हो।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड नौ दशमलव १३ प्रतिशतले घटेको छ।

कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको रु सात करोड ३४ लाख ४९ हजार १७ बराबरको कारोबार भएको छ ।

कारोबार भएको शेयर संख्याको आधारमा भने सबैभन्दा धेरै प्राइम कमर्सियल बैंक प्रमोटर शेयर एक लाख ८० हजार एक सय पाँच कित्ता शेयर किनबेच भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्