जाजरकोटको रामीडाँडामा ५.८ रेक्टरको परकम्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

सुर्खेत – जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४ बजेर ३१ मिनेटमा फेरि ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ ।

पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्‍निच्युडको अर्को झट्का महसुस गरिएको छ । यसअघि शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।

- Advertisement -
Ad imageAd image

बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। साथै कात्तिक १७ गते गत शुक्रबार बेलुकी ११:४७ बजे रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पको पराकम्पले केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ। भूकम्प पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौं उपत्यकासम्म महशुस गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्