तस्करीको ४० किलो चाँदी सहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – चाँदी तस्करी प्रकरणमा प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजित जानलाई नियन्त्रणमा लिएको छ। सुनचाँदी पसलबाट बिहीवार दिउँसो तस्करी गरेकोको ४० किलो चाँदीको गरगहना बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सञ्चालकलाई अहिले विराटनगर भन्सार कार्यालयमा रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। पक्राउ परेका जान भारतीय नागरिक हुन्। उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए।

- Advertisement -
Ad imageAd image

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बरामद गरेको चाँदीको गरगहना अहिले भन्सार कार्यालयमा राखिएको जानकारी दिए। बरामद गरिएको चाँदी तौलिने काम भइरहेको जानकारी दिँदै उनले तौलिएपछि परिमाण थाहा हुने बताए।

विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा मारेर चाँदी बरामद गरेको हो। बरामद गरिएको चाँदीको बिलबिजक छैन। बरामद गरिएको चाँदीका गरगहना पाँचवटा प्लास्टिकको बोरामा हालेर लगिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्