कारोबारको अन्तिम दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – साताको कारोबारको अन्तिम दिन बिहीबार पनि शेयर कारोबार नेप्से परिसूचक १०.८६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार ०.५८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४७.७० अंकमा झरेको छ ।

बिहीबार २८१ कम्पनीका ३७ लाख ४९ हजार ९५४ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ४४ लाख ७७ हजार ७११.४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

- Advertisement -
Ad image

समग्रमा बजार घटे पनि चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा बढी ६.०४ प्रतिशतले नाफा कमाएका छन् । सयपत्री हाइड्रोमा नेगेटिभ सर्किट लागेको छ । सयपत्रीका लगानीकर्ताले १० प्रतिशत घाटा व्यहोरेका छन् ।

बिहीबार आशा लघुवित्तको कारोबार उच्च भएको छ । आशाको १० करोड १० लाख १० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

हप्ताको पहिलो आईतबार २८.१८ अंकले बजार घट्दा ७४ करोड २९ लाख २५ हजार ३९२.५६ रुपैयाँ, सोमबार ३.०४ अंकले बजार बढ्दा ६९ करोड ४२ लाख २२ हजार २१७.३७ रुपैयाँ, मंगलबार १४.२९ अंकले बजार घट्दा ५७ करोड १४ लाख ८३ हजार २७६.४८ रुपैयाँ र बुधबार ५.८३ अंकले बजार घट्दा ८१ करोड २० लाख ८९ हजार २९१.३१ रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्