इजरायलमा हमासको आक्रमण: कम्तीमा २३२ को मृत्यु, १६ सय घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८०, आईतवार
1 Min Read
Aa
Cars are on fire after they were hit by rockets from the Gaza Strip in Ashkelon, Israel, on Saturday, Oct. 7, 2023. Palestinian militants in the Gaza Strip infiltrated Saturday into southern Israel and fired thousands of rockets into the country while Israel began striking targets in Gaza in response. (AP Photo/Ohad Zwigenberg)

काठमाण्डौ – इजरायलमा हमास विद्रोही समूहको आक्रमणपछि सरकारी फौजले गरेको प्रतिकारमा कम्तिमा पनि २ सय ३२ जनाको मृत्यु भएको छ।

दुबै पक्षको आक्रमणमा परेर १६ सय भन्दा धेरै घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ।

- Advertisement -
Ad imageAd image

विद्रोही सेनाको आक्रमणपछि सरकारी फौजले गाजाको प्यालेस्टिनी एन्क्लेभमा प्रतिकार गर्दा कम्तिमा २३२ जनाको मृत्यु र १६ सय भन्दा धेरै घाइते भएका हुन्। आक्रमणपछि तीन नेपाली सम्पर्कविहीन भएका छन्। घटनामा नौ नेपाली घाइते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर छ।

हमासले ५३ जना इजरायलीलाई युद्धबन्दी बनाएको दाबी गरेको छ। हमासले उच्च अधिकारीहरुलाई पनि समातेको बताएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्