इजरायल युद्धमा ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० आश्विन २०८०, शनिबार
1 Min Read
Aa
A Palestinian boy reacts next to a burning Israeli vehicle that Palestinian gunmen brought to Gaza after they infiltrated areas of southern Israel, in the northern Gaza Strip October 7, 2023. REUTERS/Mahmoud Issa

काठमाडौं – प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्। १४ नेपाली कार्यरत रहेको फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएको परराष्ट्र मन्त्रालयले बताएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ। दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्।

- Advertisement -
Ad image

शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्