ढाकाकुमारमाथि आक्रमण भएको गलत हल्ला फैलाउने व्यक्ति पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठमाथि आक्रमण भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–५ ठूलीबराहा बस्ने वर्ष ३५ को सूर्यबहादुर रेग्मी रहेका छन्।

- Advertisement -
Ad imageAd image

रेग्मीले ‘राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी’ भन्ने भ्रमपूर्ण कुरा सामाजिक सञ्जालमा लेखेका थिए।

डा. श्रेष्ठले समाजमा अराजकता, आत्म सम्मानमाथी आघात पुर्‍याउने गरी भ्रम फैलाउने र आफ्नो जीउ ज्यानको सुरक्षामा समेत असर गर्ने खालको झुठ्ठा एंव अनर्गल प्रचार गरेको भन्दै प्रहरीको साइबर क्राइम नियन्त्रण ब्यूरोमा उजुरी दिएका थिए।

सोही आधारमा प्रहरीले रेग्मीलाई नियन्त्रणमा लिई विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्