बलात्कार आरोपमा तनहुँकाे दमौली बजारबाट प्रधानाध्यापक थापा पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

गत साउन ३१ गते बालिकालाई बलात्कार आरोप लागेका तनहुँका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ऋषिङ गाउँपालिका–७ अर्खलाछापमा रहेको ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई सोमबार साँझ दमौली बजारबाट पक्राउ गरेको हो ।

- Advertisement -
Ad image

अमर आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेपछि प्रअ थापा फरार हुँदैआएको प्रहरीले जनाएको छ ।

घरमा कोही पनि नभएको मौका छोपी बालिका एक्लै भएको अवस्थामा थापाले बलात्कार गरेको पीडित परिवारले प्रहरीसमक्ष बताएका छन् ।

पीडित पक्षले यसअघि नै प्रअ थापाविरुद्व जाहेरी दर्ता गराइसकेको प्रहरीले जनाएको छ । प्रअ थापालाई पक्राउ गरी म्याद थपको तयारी भइरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।

“प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ”, उनले भने, “अन्य कुरा अनुसन्धानबाटै खुल्दै जानेछ ।”

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्