नारायणगढ-मुग्लिन सडक ११ घण्टादेखि अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०८०, मंगलवार
2 Min Read
Aa
klx/f]n] /f]lsPsf ;jf/L;fwg e/tk'/, !& c;f/ . gf/fo0fu9–d'lUng ;8sv08cGtu{t O{R5fsfdgf ufpFkflnsf–% tLg gDa/ k'ndf v;]sf] klx/f]n] /f]lsPsf ;jf/L;fwg . uP /fltb]lv ca?4 of] ;8sv08df xhf/f}+ ;jf/L;fwg /f]lsPsf 5g . tl:a/ M s[i0f cfrfo{÷/f;;

सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक ११ घण्टादेखि अवरुद्ध छ। सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ।

यो सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गएराति राति ८ बजे पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध बनेको हो, ठूलो पहिरोले सडकको झण्डै ४० मिटर भाग ढाकेको कारण पहिरो पन्छाउन समय लाग्ने  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

- Advertisement -
Ad image

पहिरोले सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन ११ घण्टादेखि रोकिएका छन्। पहिरो पन्छाउन चारवटा डोजर स्काभेटर लगातार प्रयोग भइरहेका सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए। ‘हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ,’ उनले भने।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले बताए। पहिरो खसेको ठाउँ साँघुरो भएका कारण पहिरो पन्छाउने काममा ढिलाई भइहेको तामाङको भनाई छ।

नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ। बर्खाको बेला यो सडक धेरै अवरुद्ध हुने गरेको छ।

ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेलले आग्रह गरे।

पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौँबाट गएका सवारीसाधन मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएका छन् भने पश्चिम र पूर्वबाट आएका सवारीसाधन भरतपुर र नवलपुरको गैँडाकोटमा रोकिएका छन्। पोखराबाट काठमाडौंतर्फको सडक भने अवरुद्ध नरहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्