२०८४ मा सबैखाले चुनाव जित्ने देखेपछि रास्वपाविरुद्ध घेराबन्दी भयोः रवि लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको दाबी गरेका छन्।

शनिबार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरुले घेराबन्दी गरिरहेको बताएका हुन्।  दलहरुको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने उनकाे भनाइ छ ।

- Advertisement -
Ad imageAd image

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको रविले बताए। उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको दावी गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्