मेसीको कीर्तिमानमा पिएसजीलाई लिग वानको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ। मेसीले कीर्तिमानी गोल गरेको खेलमा पएसजी ले ११ औँ पटक लिग वानको उपाधि जितेको हो।

एक खेल बाँकी हुँदै उपाधि जित्ने क्रममा शनिबार राति पिएसजीले स्ट्रासबर्ग सँग १-१ गोलको बराबरी खेलेको थियो। मेसीले केलिएन एम्बापेको पासलाई सदुपायोग गर्दै ५९ औँ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए। मेसीको यो युरोपियन टप लिगमा ४९६ औँ गोल हो। उनले यसअघि टप फाइभ लिगमा रोनाल्डोले बनाएको ४९५ गोलको कीर्तिमान आफ्नो नाममा पारे। उनको यो पिएसजी का लागि ३२ औँ गोल हो।

पिएसजीले उपाधि जितेसँगै यसअघि सेन्ट- इटेइनी र मार्सेलीले १० पटक जितेको इतिहाससमेत तोडेको छ।

पिएसजीका लागि मेसीको यो सम्भवत अन्तिम खेल हुने छ। उनलाई केही साताअघि क्लबले विना जानकारी साउदी अरब गएको भन्दै २ खेलको प्रतिबन्द लगाएको थियो। त्यसपछि उनी फर्किएको खेलमा समर्थकहरूले उनीविरुद्ध नाराबाजी गरेका थिए।

त्यसपछि मेसीले पिएसजीमा बाँकी खेल नखेल्ने अनुमान गरिएको थियो। तर उनले आफ्नो निर्णायक गोलमा टिमलाई उपाधि दिलाउँदै समर्थकलाई जवाफ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array