बारको आन्दोलन आज चौथो दिन पनि जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं– नेपाल बार एशोसिएसनको आन्दोलन आज चौथो दिन पनि जारी रहने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तीलगायतको माग गर्दै गत आइतबार देखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन चौथो दिनमा पनि जारी रहने भएको हो । 

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार मंगलापुर बारका सबै ९० इकाइहरूले एक साथ आन्दोलन गरेका थिए । उनका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत नियुक्ति प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी रहनेछ ।

- Advertisement -
Ad imageAd image

‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको छ, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकेन वा गर्न नचाहेको हो, त्यो अझै बुझन सकिएको छैन तर अविलम्ब प्रधानन्यायाधीश नियुक्ति गरेर न्यायलयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदि कार्यपालिकाले न्यायलयलाई नेतृत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा लम्बिने छ ।’ उनका अनुसार शुक्रबारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहीन हुँदै आएको छ ।

कायममुकायमबाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायाधीश  नहुँदा कामसमेत प्रभावित भएका छन भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायधिश पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्