सांसद शर्मा पक्राउबारे सिआइबीले गरायो संसदलाई जानकारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रतिनिधिसभा सदस्य सांसद सुनिलकुमार शर्मा पक्राउबारे संसद सचिवालयलाई जानकारी गराएको छ ।

‘नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ’, सिआइबीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित सभामुखलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ ।

- Advertisement -
Ad imageAd image

उक्त पत्रमा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले उक्त कसूरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको निर्वाचित सांसद सुनिलकुमार शर्मा पक्राउ परेका उल्लेख छ ।

सिआइबीका अनुसार कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाणपत्र पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको जनाइएको छ ।

सोही क्रममा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरबाट शर्माको आइएससीको सर्टिफिकेट नट भेरिभाइड लेखी आएको उल्लेख गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्