काठमाडौं–
नेपाल दूरसंचार प्राधिकरणले दूरसंचारले संचार क्षेत्रका ओभर द टप (ओटीटी) लाई पनि नियमन गर्ने ओटीटी नियमनसम्बन्धित फ्रेमवर्कको मस्यौदा सार्वजनिक गर्दै संचार क्षेत्रमा सक्रिय ओटीटीलाई नियमनको दायरमा ल्याउने प्रक्रिया थालेको छ। संचार सम्बन्धी ओटीटीको रुपमा पछिल्लो समय फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप, बोटिम, टेलिग्रामलगायत छन्।
प्राधिकरणले नेपालमा संचारसम्बन्धी ओटीटीलाई दर्ता गरेर मात्रै संचालन गर्न पाउने व्यवस्था रहेको छ । विदेशी ओटीटीहरुले आफ्नो शाखा कार्यालय नेपालमा खोलेर दर्ता गर्ने भएका छन् । फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप, बोटिम, टेलिग्रामलगायतका ओटीटी सबै विदेशी हुन्। अब यी कम्पनीहरुले आफ्नो शाखा कार्यालय नेपालमा खोलेर कम्पनीको रुपमा दर्ता हुनुपर्ने व्यवस्था मस्यौदामा छ।
त्यसैगरी, विदेशी कम्पनीहरुले नेपालमा मध्यस्थ कम्पनी तोकेर त्यसलाई पनि दर्ता गर्नुपर्ने छ। ओटीटी सेवा दिन चाहने व्यक्ति वा संस्थाले प्राधिकरणबाट स्वीकृति लिनुपर्नेछ। उक्त प्रस्तावको अध्ययन तथा मूल्यांकन गर्दै प्राधिकरणले ओटीटी सेवा संचालनको लाइसेन्स दिने व्यवस्था मस्यौदामा छ।
मस्यौदाले ओटीटी सेवा प्रदायक र दूरसंचार सेवा प्रदायकबीच आपसी समन्वय वृद्धि हुने, ओटीटी ग्राहकहरुको अधिकार रक्षा गर्दै सेवा प्रयोग, डेटा सुरक्षा र गोपनियताको विषयमा स्पष्ट कानूनी वातावरण निर्माण हुने अपेक्षा प्राधिकरणको छ।
ओटीटीलाई नियमनमा नल्याउँदा नियमनमा असन्तुलन, सुरक्षा जोखिम, सरकारी राजस्व तथा करलगायतका पक्ष समेट्न नसकिने प्राधिकरणको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्