काठमाडौं– मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच भएको वार्तामा पिडितको मुद्धामा सहमति हुन नसक्दा निष्कर्ष विहीन भएर टुङ्गिएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको टोली पीडितहरु बसेको माइतीघरस्थित शान्ति बाटिका पुगेर वार्ता गरेपनि निष्कर्ष विहीन भएको जानकारी दिएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका तर्फबाट अघि सारिएका मागहरुमा मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत (तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन (छिनुवा) पास, कतिपय अवस्थामा चेक समेत आदि० मन्त्रीपरिषदस्तरीय निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, कानुन मन्त्रालयमा अड्किएको ’मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ ले सिफारिस गरेको कानुनी मस्यौदा तत्काल संघर्ष समिति र पीडितको जानकारीमा ल्याउनुपर्ने लगायत रहेको छ ।
मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच भएको वार्तामा सहमति हुन सकेन

प्रतिक्रिया दिनुहोस्