मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच एकता घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच पार्टी एकता भएको छ ।

आज (शुक्रबार) एक कार्यक्रमका बीच दुई पूर्व माओवादी घटक दलबीच एकता भएको हो । पार्टी एकताको औपचारिक घोषणा अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आउँदो मे १ मा हुने नेकपा बहुमतका नेता हेमन्तप्रकाश वलीले जानकारी दिएका छन् ।

- Advertisement -
Ad image

कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुनः एक ठाउँमा आएका हुन् । दुई दलले गत साउनमै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्