यूएईलाई ७ रनले हराउँदै नेपाल यू–१९ विश्व कपमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ । नेपालसामू युएईलाई सात रनले पराजित भएको हो । नेपालका लागि हेमन्त धामिले ४२ ओभर २ बलमा युएईका इथान कार्ल डिसुजालाई आउट गरे दिपेस कडेलले ३४ ओभर ३ बलमा युएईका ध्रुव पराशरलाई आउट गरे ।

सुबास भण्डारीले २१ ओभर ६ बलमा युएईका आयान अफजल खानलाई आउट गर्दा २० ओभरमा यूएईका आरेन सक्सेनालाई दिपेस कडेलले आउट गरेका हुन् । सुबास भण्डारीले १८ ओभरमा यूएईका आरेनस शर्मालाई आउट गरे ।

- Advertisement -
Ad imageAd image
यसअघि अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो । नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीए इनिङ खेले। देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरेका थिए। नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरेका थिए । बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिएका थिए भने हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्