तत्कालीन नेकपा ब्युँताउने प्रयास सफल हुन सकेन: माधव नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रयास भए पनि सफल हुन नसकेको दाबी गरेका छन्।

राष्ट्रपति चुनावका सन्दर्भमा भएको राजनीतिक घटनाक्रमका क्रममा आफूले नेकपा ब्युत्याएर जान सकिने विकल्प अघि सारे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन गरेको बताएका हुन्।

- Advertisement -
Ad imageAd image

अध्यक्ष नेपालले एमाले माओवादी केन्द्रबीचको गठबन्धन भत्किन लागेको बेला नेकपा ब्युत्याएर राष्ट्रपति र प्रधानमन्त्री कम्युनिस्ट गठबन्धनबाटै बनाउने प्रयास भएको जनाएका हुन्।

राष्ट्रपति चुनावको सरगर्मी चलेका बेला फागुन ८ गते नेकपा ब्युँताउने प्रस्ताव गरे पनि अध्यक्ष ओलीले नमानेको जनाए।

उनले भने, ‘एमाले माओवादी केन्द्रको गठबन्धनमा समस्या आएपछि ओलीजी मसँग कुरा गर्न आउनुभयो। मैँले नेकपा ब्युत्याएर जाऔँ भनेर भन्ने प्रस्ताव गरेँ। प्रचण्ड जीसँग कुरा गरेँ, उहाँले हुन्छ नि त भन्नुभयो। तर ओलीजी तयार हुनु भएन।’

नेपालले ओलीबाट आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव आए पनि काँग्रेस माओवादीलाई धोका दिन नचाहेकाले अस्वीकार गरेको दाबी गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्