सरकारले पक्राउ गर्न खोजेको सुइँको पाएपछि गगन थापाले बोलाए आजै कांग्रेस पदाधिकारीको आकस्मिक बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापालाई सरकारले कुनै पनि बेला पक्राउ गर्न सक्ने सुइँको पाएपछि कांग्रेस वृत्तमा आकस्मिक राजनीतिक सरगर्मी बढेको छ। सम्भावित पक्राउ र त्यसपछि उत्पन्न हुने परिस्थितिको सामना गर्ने रणनीति तय गर्न सभापति थापाले आजैका लागि पार्टी पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन्।

थापाले इनम सापकोटा र बिचौलियालाई आफूले नचिन्ने भन्दै आफ्नो बचाउ गरिसकेका छन् भने हिजोदेखि नै पार्टीका शीर्ष नेताहरूसँगको आन्तरिक छलफललाई तीव्र बनाएका छन्।

- Advertisement -
Ad image

हालैका दिनहरूमा सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउको विषयलाई लिएर थापाले प्रधानमन्त्री बालेन शाह सरकारको कडा आलोचना गर्दै आएका थिए। त्यसैको प्रतिशोध स्वरूप आफूमाथि प्रहरी निगरानी बढाइएको थापा पक्षको बुझाइ छ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टी नेतृत्वविरुद्ध भइरहेको राजनीतिक षड्यन्त्रविरुद्ध कानुनी र राजनीतिक दुवै रूपमा कडा प्रतिवाद गर्ने पूर्वतयारी कांग्रेसले थालेको छ। आज बस्ने पदाधिकारी बैठकको निर्णय र सरकारको आगामी कानुनी प्रक्रियाले थापा आजै पक्राउ पर्ने वा नपर्ने कुराको निक्र्योल गर्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्