महाधिवेशन आन्तरिक प्रतिस्पर्धा मात्र, जितहारका रूपमा नलिन सभापति थापाको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले महाधिवेशनअन्तर्गतको निर्वाचन आम निर्वाचनजस्तो नभई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा मात्र भएकाले यसलाई जितहारको विषयभन्दा पनि जिम्मेवारीको रूपमा लिनुपर्ने बताएका छन्।

शनिबार पार्टी सभापति पदको पद तथा गोपनीयताको शपथग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्। सभापति थापाले सभापति तथा अन्य पदाधिकारीहरूको जिम्मेवारी केवल पद प्राप्तिमा सीमित नरहेर नागरिकहरूको लोकतान्त्रिक अधिकार, आत्मसम्मान र न्यायको रक्षा गर्नु रहेको उल्लेख गरे।

- Advertisement -
Ad image

पार्टीका संस्थापकहरूको मूल मर्म- लोकतन्त्र, मर्यादा र सामाजिक न्यायलाई सधैँ शिरोधार्य गरिने प्रतिबद्धता जनाउँदै उनले कांग्रेसलाई सानो कोठाबाट निकालेर जनता, किसान, युवा र मजदुरहरूसँग जोड्दै संस्थागत रूपमा परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले कांग्रेसलाई समयसापेक्ष, वैचारिक रूपले सबल र जनसरोकारका मुद्दामा खरो उत्रने पार्टी बनाइने स्पष्ट पारे।

सपथग्रहणलगत्तै सभापति थापाले शनिबार नै सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार सम्हालेका छन्। कार्यसमितिका अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ भने बडादसैँपछि मात्र हुने नेपाली कांग्रेसले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्