कांग्रेस १५औँ महाधिवेशन: आज खुलामञ्चमा बन्दसत्र सुरु हुँदै, निर्वाचनका प्रारम्भिक कार्यक्रम पनि आजै सार्वजनिक गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज सोमबारदेखि खुलामञ्चमा बन्दसत्र र नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचनका प्रारम्भिक कार्यक्रमहरू एकैसाथ सुरु हुँदैछन्। इतिहासकै सबैभन्दा ठूलो संख्यामा करिब ७ हजार ७ सय महाधिवेशन प्रतिनिधिहरू सहभागी रहेको यस महाधिवेशनको बन्दसत्र बिहान ९:०० बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ।

बन्दसत्रमा पार्टीका सभापति गगन थापाले सांगठनिक तथा राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक नीतिगत प्रतिवेदन, महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने तयारी गरिएको छ।

- Advertisement -
Ad image

यसैगरी, महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन समितिले आजै साँझ ५:०० बजे मतदाता नामावली प्रकाशन गरेर चुनावी प्रक्रियाको सुरुवात गर्नेछ। निर्वाचन समितिका अनुसार आज साँझ ५:०० देखि ६:३० बजेसम्म प्रकाशित नामावलीउपर दाबी-विरोध दर्ता गर्ने समय तोकिएको छ भने ६:३० देखि ७:३० बजेसम्म दाबी-विरोधउपर जाँचबुझ गरी बेलुका ८:३० बजे मतदाताहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

आज अन्तिम नामावली सार्वजनिक भएपछि भोलि असोज २० गते बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने मुख्य निर्वाचन कार्यक्रम रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्