काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली साेमबार अमेरिकाको न्युयोर्क पुगेको छ ।
परराष्ट्रमन्त्री खनाललाई न्युयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लाेकबहादुर थापाले जाेन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह बुधबार (सेप्टेम्बर २२) मा अमेरिका आउनुहुने गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् । परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस्