शिक्षामन्त्री पोखरेल भन्छन्- ‘बर्दिवास मेडिकल कलेज अब बन्छ’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०८३, शुक्रबार
1 Min Read
Aa

महोत्तरी – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माणले अब गति लिने बताएका छन् । शुक्रबार कलेज निर्माणका लागि प्रस्तावितस्थल बर्दिवास-४ माइस्थानमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै उनले कलेज निर्माण प्रक्रिया अघि बढिसकेको स्पष्ट पारे।

“कलेज बन्ने/नबन्ने विभिन्न थरिका कुराले यस क्षेत्रमा चिन्ता र चासो बढेको छ । अब यसबारे धेरै चिन्ताभन्दा पनि कलेज निर्धारित समयमै बन्छ भन्नेमा सबैलाई विस्वश्त पार्न चाहन्छु”, मन्त्री पोखरेलले भने। यसपालिको बजेटमा कलेज निर्माणका लागि रु २५ करोड रकम विनियोजन गरिएको जनाउँदै उहाँले काम अघि बढाउन अझै रकमको सुनिश्चिततामा आपूm प्रयासरत रहने प्रतिबद्धता जनाए।

- Advertisement -
Ad image

मन्त्री पोखरेलले भने, “भर्खरै मन्त्रिपरिषद्ले बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना, बर्दिवासको अवधि एक वर्ष थपेको छ, यो कलेज बनाउन थपिएको हो । काम थाल्दै गएर सम्पन्न हुन तीन-चार वर्ष लाग्नसक्ने देखिन्छ ।”

बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना बर्दिवास कार्यालयले आयोजना गरेको छलफलमा महोत्तरी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले कलेज निर्धारित समयमा सम्पन्न गराउन वर्तमान सरकारले हरप्रयास गर्ने उल्लेख गरे।

मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदा थापाले निर्धारित समयमा काम सम्पन्न गराउन आफूले सहकार्य र समन्वय गर्ने बताए। यसैगरी बर्दिवासका नगरप्रमुख प्रहलादकुमार क्षेत्रीले प्रस्तावित ठाउँमा कलेज निर्माणका पक्षमा आमजनता रहेकाले सबैको साथसहयोग रहने प्रतिबद्धता जनाए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्