काठमाडौँ –धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले ओरालो लागेको छ। उतारचढावका बीच बजार बन्द हुँदा नेप्से परिसूचक ३.३४ अंकले घटेर २,५७१.०२ विन्दुमा सीमित भएको हो।
परिसूचक घटे पनि बजारमा कारोबार रकम भने झन्डै पौने ४ अर्ब रुपैयाँ पुगेको छ। आज दिनभरिमा ३१८ कम्पनीका ९५ लाख ६१ हजार ९४७ कित्ता सेयर ४८ हजार ६६३ पटक खरिदबिक्री हुँदा कुल ३ अर्ब ७८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मिश्रित उपसूचक: होटल र उत्पादनतर्फ आकर्षण
आज कारोबार भएका कुल १३ उपसूचकमध्ये ७ वटा क्षेत्रको सूचक घटेको छ भने ६ वटा क्षेत्रको सूचकमा सुधार आएको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसूचक ओरालो लागेका छन्। यता होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार उपसूचकमा भने हरियाली छाएको छ।

थ्रीस्टार हाइड्रोको सेयरमा सकारात्मक सर्किट
बजार घटे पनि थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै कुथेली बुखारी स्मॉल हाइड्रोपावरको मूल्य ९.५६ प्रतिशत र सपोर्ट लघुवित्तको मूल्य ७.६३ प्रतिशतले बढेको छ। गुमाउनेतर्फ भने कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी ५.७४ प्रतिशतले घटेको छ। सिन्धु विकास बैंक र ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्य पनि क्रमशः ५.०८ र ४.८८ प्रतिशतले ओरालो लागेको छ।

सीइडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार
आज कारोबार रकमका आधारमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (CHDC) शीर्ष स्थानमा रह्यो। यसको २६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २१ करोड ५ लाख र तेस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १६ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्