तीव्र उतारचढावका बीच नेप्सेमा सामान्य सुधार, ४ अर्ब ४० करोडको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ । बजारमा देखिएको तीव्र उतारचढावका बीच नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० को विन्दुमा पुगेर बन्द भएको हो ।

आज बजारमा खरिदकर्ता र बिक्रीकर्ता दुवैबीच कडा प्रतिस्पर्धा देखिँदा परिसूचकमा अस्थिरता देखिए पनि अन्तिम समयमा बजार हरियो भई बन्द हुन सफल भयो ।

- Advertisement -
Ad image

बजारमा आज कुल ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता शेयर कुल ७५ हजार ५८१ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज एग्रिकल्चरल बन्ड अग्रस्थानमा रह्यो, जसको ५० करोड ६५ लाख रुपैयाँ बराबरको ऋणपत्र कारोबार भयो । यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड ४ लाख र सोलु हाइड्रोपावरको २२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आजको बजारमा दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले वृद्धि भएको छ । यता, गुमाउने तर्फ भने कुमारी धनवृद्धि योजनाको इकाई मूल्यमा सबैभन्दा धेरै ९.७७ प्रतिशतको गिरावट आएको छ ।

आज बजारमा तीव्र उतारचढावका कारण नाफा कमाउने र गुमाउने कम्पनीको संख्या बराबर देखिएको छ । कुल १३२ कम्पनीको शेयर मूल्य बढ्दा ठीक १३२ कम्पनीकै मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

समूहगत उपसूचक तर्फ मिश्रित परिणाम देखिएको छ । विकास बैंक, फाइनान्स, होटल्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव बीमा र ट्रेडिङ उपसमूह राताम्मे भए पनि बैंकिङ, जलविद्युत लगायतका अन्य महत्वपूर्ण उपसूचकहरू सकारात्मक रहेका कारण समग्र नेप्से सूचक हरियो देखिन मद्दत पुग्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्