काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचकमा झिनो अङ्कको ह्रास आएसँगै समग्र बजार सुस्त देखिएको छ।
आज दिनभरिको उतारचढावका बीच कूल ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। बजारमा एकातिर गिरावट देखिए पनि अर्कोतिर ६९ वटा सूचीकृत कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन्, जसको सेयर मूल्यमा वृद्धि देखिएको छ।
बजार विश्लेषकहरूका अनुसार लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा कारोबार रकम र परिसूचक दुवैमा ठूलो उछाल आउन नसकेको हो। ठूला लगानीकर्ताहरू पर्खिरहेका कारण बजार एउटा निश्चित दायराभित्रै सीमित हुन पुगेको छ।


प्रतिक्रिया दिनुहोस्