प्रधानमन्त्री बालेनलाई भारत भ्रमणकाे निम्ताे दिन भारतका विदेशमन्त्री जयशंकर नेपाल आउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ श्रावण २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – भारतका विदेशमन्त्री डा. एस. जयशंकर नेपाल आउने भएका छन्। उनी भदौको दोस्रो साता नेपाल आउने तयारीमा रहेको परराष्ट्र स्राेतले जानकारी दियो ।

स्रोतका अनुसार उनी प्रधानमन्त्री बालेन शाहलाई सेप्टेम्बर नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा दिन काठमाडौं आउन लागेका हुन्।

- Advertisement -
Ad image

यसअघि पनि जयशंकरको नेपाल भ्रमणको तयारी भएको थियो। तर भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण हुने भनिए पनि उच्चस्तरको भेटवार्ताको विषय टुंगो नलागेपछि भ्रमण रोकिएको थियो। विदेश सचिवको भ्रमण रोकिएसँगै जयशंकरको भ्रमणसमेत अघि बढ्न सकेको थिएन।

सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेनसँग सिंहदरबारमा एक्लाएक्लै भेट गरेपछि रोकिएको प्रक्रिया पुनः अघि बढेको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्