काठमाडौं – धितोपत्र बजार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार परिसूचक ०.७९ अंकले बढेर २,६४१.८५ विन्दुमा पुगेर बन्द भएको हो।
नेप्सेका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.८५ अंकले बढेर ४६२.२२ विन्दुमा पुगेको छ। यस्तै, फ्लोट परिसूचक ०.१७ अंक र सेन्सेटिभ फ्लोट परिसूचक ०.३० अंकले सकारात्मक रहेका छन्।
मंगलबार बजारमा कुल ३४० कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ रुपैयाँमा खरिद-बिक्री भएका छन्। आज कारोबार भएका कम्पनीहरूमध्ये कुल १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी २० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
यस दिन कारोबार भएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचकमा हरियाली छाएको छ भने बाँकी ७ उपसमूहको सूचक घटेको छ। आजको कारोबारमा अपर लोहारे खोला हाइड्रोपावर र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने महिला लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।


प्रतिक्रिया दिनुहोस्