नेप्सेमा ९ अंकको गिरावट, ३ अर्ब ६७ करोडको सेयर कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। उतारचढावका बीच नेप्से परिसूचक ९.०४ अंकले घटेर २,६४१.०५ विन्दुमा ओर्लिएर बन्द भएको हो।

बजार घटे पनि कारोबार रकम भने साढे ३ अर्ब नाघेको छ। आज दिनभरिमा ३५२ कम्पनीका १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयर ३ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ भन्दा बढीमा खरिदबिक्री भएका छन्।

- Advertisement -
Ad image

आजको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। कुल सूचीकृत कम्पनीमध्ये १८० वटाको सेयर मूल्य घट्दा ८२ वटा कम्पनीको मूल्यमा वृद्धि भएको छ भने बाँकी १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

कुल १३ उपसूचकमध्ये आज ९ वटा उपसूचकहरू घाटामा रहेका छन्। हाइड्रोपावर, उत्पादनमूलक, माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसूचक मात्र आज हरियाली देखिएका छन्। समग्र बजार घटे पनि कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्, जसको सेयर मूल्य ८.४७ प्रतिशतले वृद्धि भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्