आज अन्तर्राष्ट्रिय विरालो दिवस !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौँ – प्रत्येक वर्ष अगस्ट ८ मा अन्तर्राष्ट्रिय विरालो दिवस मनाइन्छ । बिरालोको संरक्षण, स्वास्थ्य तथा कल्याणबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय पशु कल्याण कोषले सन् २००२ मा अन्तर्राष्ट्रिय विरालो दिवसको सुरुआत गरेको थियो । यस दिवसले विरालोप्रति मानिसको जिम्मेवारीबारे जानकारी गराउनुका साथै उनीहरूको उचित हेरचाह र संरक्षणका उपायबारे सचेत गराउने उद्देश्य राख्छ ।

- Advertisement -
Ad image

यस वर्षको अभियान #ThinkCat अर्थात ‘सोचौँ विरालो’ भन्ने अवधारणामा केन्द्रित छ । यसअन्तर्गत विरालोको हेरचाह र उनीहरूसँगको व्यवहार मैत्रीपूर्ण बनाउनुपर्ने, विरालोको नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने तथा उनीहरूको जीवनका विभिन्न चरणअनुसार आवश्यक सल्लाह र जानकारी लिनुपर्ने विषयमा जोड दिइएको छ ।

सन् २०२० देखि अन्तर्राष्ट्रिय विरालो दिवसको जिम्मेवारी अन्तर्राष्ट्रिय विरालो हेरचाह संस्थाले सम्हाल्दै आएको छ । बेलायतमा आधारित गैरनाफामूलक यो संस्थाले सन् १९५८ देखि विश्वभरका घरपालुवा विरालोको स्वास्थ्य र कल्याण सुधारका लागि काम गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय विरालो दिवसका अवसरमा बिरालोलाई सुरक्षित र स्वस्थ वातावरण उपलब्ध गराउने, नियमित स्वास्थ्य परीक्षण गराउने तथा उनीहरूको आवश्यकताअनुसार उचित हेरचाह गर्ने विषयमा जनचेतना फैलाउने गरिन्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्