काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको अन्तिम कारोबार दिन पनि गिरावट आएको छ। तीव्र उतारचढावका बीच आज नेप्से परिसूचक ४.०५ अंकले ओरालो लागेर २,६५०.०९ विन्दुमा थामिएको हो।
बजारमा सुस्तता आउँदा आज कारोबार रकम समेत संकुचित भएको छ। दिनभर कुल ३३४ कम्पनीका १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५४१ रुपैयाँमा खरिद-बिक्री भए।
आजको बजारमा घट्ने कम्पनीको संख्या निकै उच्च रह्यो। कुल ८४ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ७ कम्पनीको मूल्य यथावत रह्यो। समूहगत रूपमा हेर्दा आज उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका सबै सूचकहरू राताम्मे देखिएका छन्।
बजार घटे पनि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ८.६० प्रतिशत नाफा कमाएका छन्। यता, अपर लोहोरे खोला हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी ६.९३ प्रतिशतले गुमाउन पुगे।
आज सबैभन्दा बढी सोलु हाइड्रोपावरको ३९ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। दोस्रो स्थानमा रहेको रिडी पावरको २३ करोड २ लाख र तेस्रो स्थानमा रहेको सानिमा बैंकको १७ करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्