काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार २१.१५ अंकले गिरावट आएको सेयर बजार बुधबार ४.७९ अंकले बढेर २,६६७.९७ विन्दुमा बन्द भएको हो। बजारमा उतारचढावका बीच कुल ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बुधबारको बजारलाई मुख्यतः हाइड्रोपावर समूहले बलियो साथ दिएको छ। बजारमा कुल ३५० कम्पनीका १ करोड ६७ हजार ७३२ कित्ता सेयर किनबेच हुँदा १२२ कम्पनीको मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको मूल्य भने स्थिर रह्यो।
हाइड्रोपावरमा रौनक, बैंकिङ र फाइनान्स सुस्त
बुधबारको बजारलाई हरियो बनाउन जलविद्युत क्षेत्रको मुख्य योगदान रह्यो। उपसूचकहरू तर्फ:
- जलविद्युत (हाइड्रोपावर): सबैभन्दा बढी १.४५ प्रतिशत (५३ अंक) ले वृद्धि।
- व्यापार समूह: १.६० प्रतिशतको वृद्धि।
- होटल तथा पर्यटन र उत्पादन: सामान्य अंकको सुधार।
- बैंकिङ र फाइनान्स: बैंकिङ सूचक ०.४२% र फाइनान्स ०.३४% ले ओरालो लागे।
- बीमा र माइक्रोफाइनान्स: जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त समूहमा पनि झिनो गिरावट।


प्रतिक्रिया दिनुहोस्