नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट: ३ अर्ब ३८ करोडको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से परिसूचक १६.२९ अङ्कले ओरालो लागेर २,६७२.५८ को विन्दुमा कायम भएको छ।

यस दिन ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.३१ अङ्कले घटेर ४६७.६९ मा पुगेको छ। बजारमा कुल ३३७ कम्पनीका ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर रु ३ अर्ब ३८ करोड १३ लाख मूल्यमा खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन बुधबारको तुलनामा आज कारोबार रकममा केही संकुचन आएको देखिन्छ, बुधबार रु ४ अर्ब २ करोडभन्दा बढीको सेयर कारोबार भएको थियो।

- Advertisement -
Ad imageAd image

आज कारोबार भएका कम्पनीहरूमध्ये ५९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ वटा कम्पनीको मूल्य घटेको छ। ११ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन। यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका सूचकहरू घटेर बजार पूर्ण रूपमा राताम्मे बनेको छ। बजारमा सबैभन्दा बढी गिरावट हाइड्रोपावर (१.२० प्रतिशत) र विकास बैंक (१.१२ प्रतिशत) उपसमूहमा देखिएको छ।

कम्पनीगत प्रदर्शनतर्फ एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले वृद्धि भएको छ भने कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १४.९९ प्रतिशतले घटेको छ। सर्वाधिक कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ्ग मिल्स अग्रस्थानमा रहेको छ, जसको २४ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरूमा केही पर्ख र हेरको अवस्था सिर्जना भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्