प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।

सरकारले बिजनेस नदिएपछि गएको असार ३१ गते प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो। १५ दिन स्थगित भएको बैठक आज बस्न लागेको हो।

- Advertisement -
Ad imageAd image

आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ। बिहीबार बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्