मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ श्रावण २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि प्रशान्त महासागरका केही क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।

मेक्सिकोको दक्षिणी तट नजिकै शुक्रबार भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार भूकम्पका कारण मेक्सिको र ग्वाटेमालाको तटीय क्षेत्रमा सामान्यभन्दा ०.३ देखि १ मिटरसम्म अग्लो र खतरनाक सुनामीको छाल आउन सक्ने सम्भावना छ।

- Advertisement -
Ad imageAd image

दक्षिणी मेक्सिकोको ओआक्साका राज्यका गभर्नर सालोमोन जारा क्रुजले भूकम्पको धक्का मध्यम खालको महसुस गरिएको बताएका छन्। हालसम्म कुनै ठूलो धनजनको क्षतिको विवरण प्राप्त भएको छैन ।

अन्तरािष्ट्रय समाचार एजेन्सीहरुका अनुसार यस भूकम्पको धक्का छिमेकी देशहरू ग्वाटेमाला र अल साल्भाडोरमा पनि महसुस गरिएको थियो। भूकम्प लगत्तै ग्वाटेमाला सिटीमा मानिसहरू त्रसित हुँदै घरबाहिर निस्किएका थिए। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु मेक्सिकोको पुएर्टो मादेरो सहर नजिकै जमिनबाट १५.२ किलोमिटर गहिराइमा रहेको थियो।

अन्तर्राष्ट्रिय सतर्कता प्रणाली (अलर्ट सिस्टम)ले जोखिमयुक्त तटीय क्षेत्रका सरकारी निकायहरूलाई सर्वसाधारणलाई तत्काल सतर्क गराउन र आवश्यक सुरक्षाका उपायहरू लागू गर्न आग्रह गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्