नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल: ८० अंकले बढ्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । यसदिन नेप्से ७९.७४ अंकले बढेर परिसुचक २६७७ मा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ५६ करोडको कारोबार भएकामा आज ४ अर्ब ५७ करोडको कारोबार भयो ।

कारोबारमा आएका २५७ कम्पनीको मूल्य बढेको छ भने १४ कम्पनीको मूल्य घटेको छ । यस्तै आज ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।कारोबार रकमका आधारमा यसदिन आखु खोला जलविद्युत्, कर्पोरेट डेव्लपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, रिडि पावर जलविद्युत् अगाडि रहे ।

- Advertisement -
Ad imageAd image

यसदिन श्रीनगर एग्रिटेक सुर्यकुण्ड हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो भने मिड सोलु हाइड्रो, सिटी होटल, शिखर पावर र रिज लाइन इनर्जिको सेयर मूल्य १२ प्रतिशतले बढ्यो । यस्तै आज आत्मनिर्भर लघुबित्तको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले घट्यो ।

आज म्यूचल फण्डबाहेक सकै सूचक बढे । बैंकिङ २.४१, विकास बैंक २.१८, फाइनान्स ३.३९, होटल तथा पर्यटन ३.६६, जलविद्युत् ४.५८, लगानी ४.१२, जीवन बीमा २.७४, उत्पादन तथा प्रशोधन ४.६०, माइक्रोफाइनान्स १.८०, निर्जीवन बीमा २.११, अन्य २.७७ तथा व्यापार ०.८३ प्रतिशत बढे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्