नेप्सेमा सामान्य अंकको गिरावट: कारोबार रकममा सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ असार २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – साताको अन्तिम कारोबार दिन पनि नेप्सेमा सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से १.१३ अंकले घटेर २६००.७८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६७ कम्पनिका एक करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ मा कारोबार भएको थियो । आज लगानी, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक क्षेत्रको शेयर मुल्य घटेको छ ।

- Advertisement -
Ad imageAd image

आज, सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर १०.६६ प्रतिशतले बढेको छ भने कुमारी इक्विटी फण्डको शेयर ९.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी भगवती हाइड्रोको शेयर ७.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेपाल बैंक डिभेन्चर ८७ को ८९ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने आरबिबिएल डिभेन्चर ८३ को ६९ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्