सेयर बजारमा २६ अंककाे गिरावट: कारोबार रकम समेत घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मे भएको छ । यसदिन नेप्से २६.२९ अंक घटेर परिसुचक २६२७ अंकमा कायम भएको छ ।

यसदनि कारोबार रकम सकेत घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५५ करोडको भयो । जम्मा ३४ कम्पनीको मूल्य बढेको छ भने २३९ को घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

- Advertisement -
Ad imageAd image

कारोबार रकमका आधारमा यसदिन सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सिटी होटल तथा शिवम् सिमेन्ट अगाडि रहे ।

सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर र स्नो रिभर फल्सको सेयर मूल्य १५ प्रतिशतले बढ्यो भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ११ प्रतिशतले बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशत र नेपाल फाइनान्स ११.६४ प्रतिशत घट्यो ।

यसदिन व्यापार समूह सबैभन्दा धेरै ३.१५ प्रतिशत घट्यो । बैंकिङ १.०६, विकास बैंक ०.३०, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.९८, लगानी ०.७२, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन १.१७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९८ र अन्य ०.५२ प्रतिशत घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्