एनपीएल तेस्रो सिजनको अक्सन आज: १५५ खेलाडी सहभागी हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन आज हुँदै छ । आज हुने अक्सनमा तीन क्याटोगरीमा १५५ खेलाडी रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ ।

जस अनुसार क्याटोगरी ए मा अर्जुन घर्ति, बिबेक यादव, आसिफ सेख, रुपेश सिंह र तृतराज दास रहेका छन् । त्यस्तै क्याटोगरी बी मा २७ जना रहेका छन् भने १२३ जना क्याटोगरी सी मा रहेका छन् ।

- Advertisement -
Ad image

त्यस्तै क्यानले यस अक्सनमा हरेक टिमले २९२ जना नेपाली खेलाडी थप भइ मार्की, ट्यालेन्ट हन्टसमेत गरि १४ जना खेलाडी समावेश रहने जानकारी दिएको छ । फ्रेंचाईजीहरुले अक्सनबाट यी मध्ये ५२ खेलाडी खरिद गर्ने छन् ।

अक्सनका लागि लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, विराटनगर किंग्ससँग ५१ लाख ५० हजार, काठमाडौँ गोर्खाजसँग ३४ लाख, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, कर्णाली याक्ससँग ४२ लाख, चितवन राइनोजसँग ४२ लाख र जनकपुर बोल्ट्ससँग ६६ लाख २५ हजार रकम रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्