नेप्सेमा ४४ अंकको उछाल: कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ असार २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – लगातार सात कारोबार दिनसम्म ओरालो लागेको सेयर बजारमा आज (बुधबार) उछाल आएको छ । यसदिन नेप्से ४४ अंकले बढेर परिसुचक २६५२मा पुगेर रोकियो ।

आज कारोबार रकम पनि केहि बढेको छ । हिजो ३ अर्ब २५ करोडको कारोबार भएकामा आज ३ अर्ब ८६ करोडको कारोबार भयो ।कारोबारमा आएका २५२ कम्पनीको मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ । यस्तै आज ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

- Advertisement -
Ad image

कारोबार रकमका आधारमा यसदिन लक्ष्मी सन्राइज बैंक, रिलायन्स स्पनिङ मिल्स, आखु खोला जलविद्युत् अगाडि रहे । आज स्नो रिभर्स लिमिटेड, सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढ्यो भने भुजुङ् हाइड्रोको सेयर मूल्य १३ प्रतिशतले बढ्यो ।

यसदिन सबै सूचक हरियाली भएका छन् । उत्पादन, जलविद्युत् र व्यापार समूह २ प्रतिशतभन्दा धेरै बढे ।

बैंकिङ १.१४, विकास बैंक १.१५, फाइनान्स १.४९, होटल तथा पर्यटन १.६६, जलविद्युत् २.४२, लगानी १.६५, जीवन बीमा १.४८, उत्पादन तथा प्रशोधन २.३४, माइक्रोफाइनान्स १.११, निर्जीवन बीमा २.०३, अन्य १.७६ तथा व्यापार २.६० प्रतिशत बढे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्