नेप्सेमा उच्च अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ असार २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सेयर बजार मापक नेप्से परिसूचक मंगलबार २६.१६ अंकले घटेको छ । यो सँगै नेप्से २६७४ अंकमा झरेको छ । नेप्से पछिल्लो चार महिनायताकै तल्लो बिन्दुमा ओर्लिएको छ ।

निर्वाचनको ५ दिनअघि गत १७ फागुनमा नेप्से २७७३ बिन्दुमा थियो । अघिल्लो कारोबारको तुलनामा कारोकार रकममा पनि गिरावट आएको छ । सोमबार ४ अर्ब ४४ करोडको कारोबार भएकोमा यसदिन ४ अर्ब ३६ करोड बराबरको कारोबार भयो ।

- Advertisement -
Ad imageAd image

२२ कम्पनीको मूल्य बढ्दा २ सय ३९ को घट्यो । ११ कम्पनी स्थिर रहे । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १.९२ प्रतिशतले घट्यो ।

यस्तै बैंकिङ ०.२९, विकास बैंक ०.४३, फाइनान्स १.२८, होटल तथा पर्यटन १.११, जलविद्युत् १.६३, लगानी १.०३, जीवन बीमा ०.८५, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा १.०१, व्यापार १.५७ तथा अन्य ०.६७ प्रतिशत घटेका छन् ।

बुंगल हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशत घट्यो । धेरै कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत् आयोजना सबैभन्दा अगाडि रह्यो ।

सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर र बुंगल हाइड्रोपावर बढी कारोबार हुनेमा क्रमशः अगाडि रहे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्