साताको पहिलो कारोबार दिनमै नेप्सेमा गिरावट: साढे ४ अर्बको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको पहिलो दिन सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । यसदिन नेप्से १ अंकले घटेर परिसुचक २७०० मा पुगेको छ ।

यसदिन ४ अर्ब ४४ करोडको कारोबार भएको छ । कारोबारमा आएका ११६ कम्पनीको मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ । यस्तै १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

- Advertisement -
Ad imageAd image

कारोबार रकमका आधारमा यसदिन सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्राइन्सटक्चर अगाडि रहे । टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्लीङ् हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।

यसदिन फाइनान्स, माइक्रोफाइनान्स र व्यापार सूचक बाहेक सबै सूचक ओरालो लागेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्