नेप्सेमा झिनो अंकको सुधार: कारोबार रकम पनि सुस्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बुधबार सेयर बजार झिनो विन्दुले उकालो लागेको छ । यसदिन नेप्से ०.०८ बिन्दुले बढेर परिसुचक २७०५ कायम भएको छ । यसदिन कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६३ करोड बराबरको कारोबार भयो ।

कारोबारमा आएका १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको मूल्य घटेको छ । यस्तै १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

- Advertisement -
Ad imageAd image

कारोबार रकमका आधारमा यसदिन एनआएन इन्फ्राइन्सटक्चर, रिलायन्स स्पिनिङ मिल्स, बुङ्गल हाइड्रो अगाडि रहे ।

यसदिन सोपान फार्मास्यूटिकल्स लिमिटेड र एपोलो हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढ्यो भने एनएमबी डिवेन्चरको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घट्यो । यसदिन विकास बैंक, वित्त, हाइड्रोपावर, लगानी, उत्पादन र प्रशोधन सूचकबाहेक अन्य सूचक राताम्मे बनेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्