काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपालको भूमि मिचिएको विषयमा दिएको विवादास्तद अभिव्यक्ति परराष्ट्रमन्त्री शिशिर खनालले सच्याएका छन् । आजको प्रतिनिधि सभा बैठकमा मन्त्री खनालले आफ्नो भारत भ्रमण र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याएका हुन् ।
दुई दिने भारत भ्रमणका क्रममा दुवै देशको सामूहिक हितका विषयमा छलफल भएको बताए। दुवै देशका साझा चासोको विषयमा छलफल भएको उनले जानकारी दिए। यससँगै दुई देशबीच भएको तीन बुँदे घोषणाका विषयमा पनि मन्त्री खनालले जानकारी गराएका छन्।


प्रतिक्रिया दिनुहोस्